काठमाडौं,०५ चैत । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्वाचन कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिन उनी कर्णाली पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणको क्रममा प्रधानमन्त्री कार्कीले प्रदेशका प्रमुख स्थलहरू अवलोकन गरेकी छन् र सामाजिक-सांस्कृतिक महत्वका स्थानहरूमा पनि पुगेकी बताइएको छ। यस अवसरमा उनी रारा ताल समेत पुगेकी छन्। यसअघि प्रधानमन्त्री कार्की पोखरा र मुक्तिनाथको भ्रमण पनि गरिसकेको जानकारी सचिवालयले दिएको छ।
यो भ्रमणले निर्वाचन प्रक्रियाप्रति जनता र सम्बन्धित पक्षमा कृतज्ञता व्यक्त गर्ने साथै केन्द्र–प्रदेश समन्वयलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।




