spot_img

माधव नेपालसहितको पतञ्जलि जग्गा प्रकरणको सुनुवाइ स्थगित

spot_img
spot_img

काठमाडौं,०५ चैत । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।

विशेष अदालतमा दर्ता उक्त मुद्दा न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पेशी तोकिएको थियो। तर, नेपाल पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले यस प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको मागदाबी गरेको छ।

अभियोग अनुसार, तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप छ। २०६६ सालमा मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिने निर्णयमा उनको संलग्नता रहेको दाबी गरिएको छ।

करिब ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोपमा मुद्दा दायर भएको हो।

यस प्रकरणको सुनुवाइ कहिले पुनः अघि बढ्छ भन्नेबारे अदालतले अर्को मिति तोक्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय