spot_img

लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन अपिल

spot_img
spot_img

काठमाडौं,०५ चैत । यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ । यसैगरी चैत ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने प्रक्षेपण छ । हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय