spot_img

पर्साका एसपी पाठक पुरस्कृत

spot_img
spot_img

बीरगन्ज,०५ चैत ।  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीप्राज पाठक पुरस्कृत भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले फागुन २१ गते सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।

पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउँदै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पाठकले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

पुरस्कार वितरणका लागि दानबहादुर कार्की ले एआईजीपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न यस्तो पुरस्कार प्रदान गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय