spot_img

सुनसरीमा पिकअपकाे ठक्करबाट साइकलयात्रीको मृत्यु

spot_img
spot_img

सुनसरी,०५ चैत । सुनसरीमा बिहीबार पिकअप गाडीले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुने व्यक्ति रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा हुन्। सोही दुर्घटनामा इटहरी–१८ का ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। घाइते बुढाथोकीको उपचार विराटनगरमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी–५ स्थित लगुना मोडमा भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको बताइएको छ।

प्रहरीले गाडी र चालक फरार भएको जनाएको छ र खोजी अभियान जारी रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय