spot_img

भक्तपुरमा दुई भ्लगरमाथि कुटपिट गर्ने एक जना पक्राउ

spot_img
spot_img

काठमाडौँ,०५ चैत । भक्तपुरस्थित नगरकोट जाने सडकमा दुई भ्लगरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति चाँगुनारायण नगरपालिका–६, नगरकोट घर भएका ४१ वर्षीय गणेश बहादुर तामाङ हुन्। उनी बिहीबार भक्तपुरबाट पक्राउ परेका हुन्, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटना नगरकोट जाने सडकमा ओभरटेक गर्दा सुरु भएको विवादले उत्पन्न भएको हो। विवादमा तामाङले दुई जना भ्लगरमाथि अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भाइरल भिडियोपछि प्रहरीले घटनाको छानबिन सुरु गरेको थियो। हाल, तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय