spot_img

राष्ट्रपति पौडेल समक्ष प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रतिवेदन पेश

spot_img
spot_img

काठमाडौँ,०५ चैत । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन बुझाएका थिए।

राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोग, राष्ट्रसेवक कर्मचारी र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए।

उनले भने, “फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ। यसले निर्वाचन आयोग र लोकतन्त्रप्रति आम नागरिकको विश्वास अभिवृद्धि गरेको छ र लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु।”

spot_img

ताजा अपडेट

लोकप्रिय