spot_img

बीरगन्ज भन्सार क्षेत्रमा स्रोत नखुलेको २० लाखसहित एक पक्राउ

spot_img
spot_img

बीरगन्ज,०६ चैत । पर्साको बीरगन्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बीरगन्जले शुक्रबार बिहान विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मुख्य गेटबाट बीरगन्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सिट कभरमुनि प्लास्टिकमा लुकाएर राखिएको नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकममध्ये २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट रहेको छ।

पक्राउ परेका साहलाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय