spot_img

घण्टी चिह्नमा भोट हाल्नेलाई कारबाही गर्ने नेकपाको चेतावनी

spot_img
spot_img

काठमाडौं,०६ चैत ।  पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक चिह्नभन्दा बाहिर मतदान गर्ने आफ्ना नेता–कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ।

पेरिसडाँडामा बसेको जनवर्गीय संगठनहरूको बैठकमा पार्टी संयोजक दाहालले घण्टी चिह्नमा भोट हाल्ने सदस्यहरूको विवरण संकलन गरेर कडा कारबाही गरिने बताएका हुन्। “कसले पार्टीलाई भोट हालेन, को घण्टीमा गयो भन्ने स्पष्ट रिपोर्ट आउनुपर्छ, त्यस्ता सबैलाई कारबाही गरिन्छ,” उनले भने।

घण्टी चिह्न राष्ट्रिय स्वतन्त्र पार्टी को चुनाव चिह्न हो भने नेकपाको चिह्न पाँचकुने तारा रहेको छ।

दाहालका अनुसार पार्टीभित्रबाटै ठूलो संख्यामा मत अन्यत्र गएको रिपोर्ट आएको छ। उनले कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु गरिने संकेत गर्दै अनुशासन कायम नगरे पार्टी सुदृढ बनाउन नसकिने बताए।

उनले पार्टी पुनर्गठनको प्रक्रिया यही घटनाबाट सुरु हुने उल्लेख गर्दै संगठनलाई थप मजबुत बनाउन कडा कदम चालिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय