spot_img

पर्सामा धान उत्पादन १२ प्रतिशतले घट्यो

spot_img
spot_img

बीरगन्ज,०७ चैत । पर्सा जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आएको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २४ हजार ९९७ मेट्रिक टनले उत्पादन घटेको हो।

जिल्लाभर ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यस वर्ष प्रतिहेक्टर ३.६७ मेट्रिक टन उत्पादनदरका आधारमा कुल १ लाख ७२ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष भने सोही क्षेत्रफलमा प्रतिहेक्टर ४.२ मेट्रिक टनका दरले १ लाख ९७ हजार ९४० मेट्रिक टन उत्पादन भएको थियो। यस अनुसार उत्पादनमा करिब १२.१६ प्रतिशतले कमी आएको देखिएको छ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार असोज महिनामा परेको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीका कारण धान बालीमा ठूलो क्षति पुगेको हो। उनका अनुसार सुक्खाका कारण रोपाइँ ढिलो हुनु र दाना लाग्ने समयमा परेको भारी वर्षाले उत्पादन घटाएको हो।

पर्सामा धान प्रमुख बाली भएकाले उत्पादनमा आएको गिरावटले किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय