काठमाडौं,०७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले इदको पावन अवसरमा देशभरि सद्भाव, सहिष्णुता र आपसी सहकार्यको सन्देश दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले धर्म, संस्कृति र विविधतालाई सम्मान गर्दै आपसी समझदारी र एकताबाटै देश अघि बढ्ने कुरा औँल्याएका हुन्। उनले लेखेका छन्, “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।”
बालेनले इद पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भनी शुभकामना पनि दिएका छन्। उनले सामाजिक समन्वय, एकता र आपसी सम्मानले समाजलाई अझ सुदृढ बनाउनेमा जोड दिएका छन्।




