spot_img

पाँच दिनमा फरार ७ अभियुक्त पक्राउ

spot_img
spot_img

हेटौँडा,०७ चैत । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमा फरार रहेका सात जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। फरार अपराधीहरू विभिन्न जिल्लामा ठगी गर्दै मकवानपुरमा लुकीछिपी बस्दै आएका थिए।

प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटीको नेतृत्वमा खटिएको टोलीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लामा पठाएको छ। यस क्रममा ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक महिला पनि पक्राउ परेकी छन्।

विशाल के.सी.को जाहेरीका आधारमा राक्सिराङ गाउँपालिका–१ बस्ने ३७ वर्षीय धनसानी गोलेलाई वैदेशिक रोजगार ठगी मुद्दामा नियन्त्रणमा लिइएको छ। गोलेलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइने तयारी भइरहेको छ।

मकवानपुर प्रहरीले भनेको छ कि हाल मकवानपुरलाई सुरक्षित लुकीबस्ने स्थानको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ, त्यसैले निगरानी तीव्र बनाइएको छ। एसपी श्यामबहादुर खत्रीले ठगीमा संलग्न जोसुकैलाई कानूनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन्।

प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगिएका अन्य पीडितहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक प्रक्रिया अपनाउन र प्रलोभनमा नपर्न सर्वसाधारणलाई चेतावनी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय