spot_img

रोयल एकेडेमी पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०७ चैत । रोयल एकेडेमी, पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ। बीरगन्ज महानगरपालिका–१५ स्थित विद्यालय परिसरमा आयोजित यस शिविरमा विद्यार्थी, अभिभावक र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

एकेडेमीकी प्रधानाध्यापिका विजया ओझैयाका अनुसार, स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विभिन्न रोग सम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो।

विशेषज्ञ चिकित्सकको टोलीले बालबालिका, आँखासम्बन्धी र नाक, कान तथा घाँटी रोगको परीक्षण तथा परामर्श दिएका थिए। आशाराम अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दासले बालबालिकाको स्वास्थ्य जाँच गरेका थिए भने सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामीले आँखा सम्बन्धी परीक्षण र सुझाव दिएका थिए। रुंगटा वेलफेयरको टोलीले नाक, कान र घाँटी रोगसम्बन्धी परीक्षण र उपचारको सल्लाह प्रदान गरेको थियो।

शिविरले स्वास्थ्य सचेतना फैलाउने, समयमै रोग पहिचान गरी उपचारको अवसर दिने तथा विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्य पूरा गरेको विद्यालय प्रशासनले जनाएको छ।

एकेडेमीकी कार्यकारी निर्देशक सबनम श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय