spot_img

वर्षा प्रणाली पूर्वतर्फ सर्दै

spot_img
spot_img

काठमाडौं,०७ चैत । देशभर सक्रिय वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल अधिकांश स्थानमा बदली रही विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ।

महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली, बागमती र मधेश प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ। वर्षा प्रणाली अहिले मध्य नेपालमा केन्द्रित रहे पनि यसको प्रभाव पूर्वतर्फ फैलिँदै गएको छ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेषगरी दिउँसोपछि मध्य र पूर्वी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार रातिदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको भए पनि हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा यातायात र सञ्चार सेवा प्रभावित हुने जोखिम कायमै रहनेछ।

सर्वसाधारणलाई हावाहुरी र चट्याङको समयमा सावधानी अपनाउन, सकेसम्म घरभित्रै बस्न र आवश्यक परे सुरक्षित स्थानमा आश्रय लिन मौसमविद्हरूले सुझाव दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय