काठमाडौं,०७ चैत । काठमाडौं महानगरपालिका–१२ भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई भारतीय नागरिकको ज्यान गएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा भारतका ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।
बा ३–०१–००५ ख ९२९८ नम्बरको उक्त बसको ठक्करबाट घाइते भएका दुवैलाई शुक्रबार राति राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बस चालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




