spot_img

वीरगन्ज–२१ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज,०७ चैत । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा वृक्षारोपण कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ। हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडाका विभिन्न स्थानहरूमा फलफूल तथा छायादार बिरुवाहरू रोपिएका छन्।

कार्यक्रममा वडा अध्यक्ष भगवान शाह, स्वास्थ्य शाखा प्रमुख भगवान शाह तथा श्रीपुर स्वास्थ्य चौकीका प्रमुख श्रीराम रामलगायतको उपस्थिति रहेको थियो। साथै सुरक्षा निकायको तर्फबाट परवानीपुर प्रहरी चौकीका इन्चार्जसहित सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता देखिएको थियो।

स्थानीय समाजसेवी, बुद्धिजीवी तथा दुगड ग्रुपका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा वडाबासीहरूले अभियानको प्रशंसा गरेका छन्। वृक्षारोपणले वातावरण संरक्षण र स्थानीय स्तरमा हरियाली वृद्धि गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय