spot_img

निर्वाचनमा बालबालिकाको प्रयोग रोकिएन

spot_img
spot_img

काठमाडौँ,०७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समयमा बालबालिकाको दुरुपयोग रोक्न पहल भए पनि यो क्रम निरन्तर रहेको एक अध्ययनले देखाएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले तयार गरेको अनुगमन प्रतिवेदन अनुसार निर्वाचनअघि २८६ र मतदानपछि १९ वटा बालबालिकासम्बन्धी दुरुपयोगका घटना दर्ता भएका छन्।

प्रतिवेदनअनुसार बालबालिकालाई राजनीतिक दलका झण्डा, चिन्ह बोकेर जुलुस तथा आमसभामा सहभागी गराउने, प्रचार सामग्री वितरण गर्न लगाउने, राजनीतिक पोसाक लगाउने, गीत तथा नृत्य कार्यक्रममा भाग लिन लगाउने जस्ता गतिविधिमा प्रयोग गरिएको थियो। केही घटनामा बालबालिकामार्फत प्रचार भिडियो र सामाजिक सञ्जाल सामग्री निर्माण गरी मत माग्ने प्रयास समेत भएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान अधिकृतको रूपमा भूमिका निभाउँदा बालबालिकाको दुरुपयोग कम भएको बताए। तर राष्ट्रिय बालअधिकार परिषद्का संयोजक श्रीराम अधिकारीले कानूनी रूपमा अझ कडा व्यवस्था आवश्यक रहेको औँल्याए।

सिजपका केन्द्रीय सदस्य गीता अधिकारीले यसपालिको निर्वाचनबाट सिकेर आगामी चुनावका लागि नीतिगत र व्यवहारगत कमजोरी सुधार गर्नुपर्ने सुझाव दिइन्।

प्रतिवेदनमा उल्लेख छ कि मतदानको दिन प्रत्यक्ष आचारसंहिता उल्लङ्घनका घटना कम भए पनि विद्यालय भवनलाई मतदान केन्द्रको रूपमा व्यापक प्रयोग गर्दा संरचनात्मक चुनौती देखा परेको छ। देशभरका १०,९६७ मतदान स्थलमध्ये करिब ९,४५० विद्यालयमा स्थापना गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय