काठमाडौं,०७ चैत । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन्।
सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकिएपछि उनी थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ प्रस्थान गरेका हुन्। सचिवालयका अनुसार देउवा हङकङमा कार्यक्रम पूरा गरेर स्वदेश फर्किने योजना बनाएका छन्।
देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।




