spot_img

राज्यका हरेक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक : उपराष्ट्रपति यादव

spot_img
spot_img

काठमाडौँ,०७ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पहल आवश्यक रहेको बताएका छन्।

शनिबार ललितपुरमा मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपतिले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी र कूटनीतिक क्षेत्रहरूमा समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न अझ सक्रिय कदम चाल्नुपर्ने बताए।

उनले भविष्यमा मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्ने र मुस्लिम महिलाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा सशक्त बनाउने कार्यक्रमहरू सञ्चालन गर्न जोड दिन आवश्यक भएको बताए।

उपराष्ट्रपति यादवले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूले मुस्लिम समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक सशक्तीकरणमा केन्द्रित नीतिहरू ल्याउनुपर्ने र सामाजिक सद्भाव र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन पहल गर्न सुझाव दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय