spot_img

परिवर्तनको सन्देश मतदातासम्म पुग्न नसक्दा कांग्रेस कमजोर

spot_img
spot_img

काठमाडौं,०८ चैत । नेपाली कांग्रेस ले पछिल्लो निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्दै मतदातालाई आफ्नो परिवर्तनको सन्देश प्रभावकारी रूपमा बुझाउन नसक्दा अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले केन्द्रीय समिति बैठकपछि जानकारी दिँदै विगतमा कांग्रेसको वैचारिक प्रभाव बलियो रहेको क्षेत्रहरूमा अहिले कमजोर सन्देश गएको स्वीकार गरे। उनका अनुसार पहिले पार्टीको पकड रहेका क्षेत्रमा समेत अहिले धक्का पुगेको देखिएको छ।

चालिसेले पछिल्लो निर्वाचनले व्यवस्था परिवर्तनभन्दा अवस्था परिवर्तनको अपेक्षासहित जनताले मतदान गरेको संकेत गरेको बताए। उनले परिवर्तन हिंसा वा विद्रोहबाट मात्र नभई लोकतान्त्रिक माध्यम—मतदानबाट पनि सम्भव हुने धारणा स्थापित भएको उल्लेख गरे।

उनले पार्टीसँग आबद्ध हुँदा र नहुँदा के फरक पर्छ भन्ने विषय मतदातासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न नसकिएको स्वीकार गर्दै यही कमजोरीका कारण मतदाताको विश्वास जित्न कठिन भएको बताए।

उनका अनुसार यसपटकको मत परिणाम उम्मेदवारको रोजाइभन्दा पनि मतदाताको असन्तुष्टि र प्रतिक्रिया झल्काउने किसिमको देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय