काठमाडौं,०८ चैत । ललितपुर महानगरपालिका–हरिसिद्धीस्थित एक इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार होसना इट्टाभट्टाको पर्खाल अचानक भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा अन्य चार जना महिलाहरू घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्।
घाइतेहरूलाई तत्काल उपचारका लागि ललितपुरस्थित मेसडसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




