काठमाडौं,०८ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक क्षेत्रबारे भारतको पछिल्लो कदमप्रति असन्तुष्टि जनाएका छन्। नेपालले आपत्ति जनाउँदै आएको भूमि प्रयोग गरेर भारतले चीनसँग व्यापार मार्ग खोल्ने तयारी गरेको विषयमा उनले चिन्ता व्यक्त गरेका हुन्।
भारतले पाँच वर्षदेखि बन्द रहेको लिपुलेक मार्ग आगामी जुन १ देखि पुनः सञ्चालन गर्ने घोषणा गरेपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले नेपाल आफ्नो भूभागमा भइरहेको गतिविधिप्रति निरीहजस्तै बनेको टिप्पणी गरेका छन्।
बास्कोटाले “लिपुलेक हाम्रो नक्सामा भए पनि नियन्त्रण अरूकै हातमा पुगेको” भन्दै असन्तोष व्यक्त गरेका छन्। साथै, भारत र चीनबीच ठूलो व्यापार हुने तयारी भइरहँदा नेपाल भने छेउमै बसेर हेर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
उनले यस विषयमा नेपालले स्पष्ट र प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने संकेतसमेत गरेका छन्।




