मकवानपुर,०८ चैत । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीबाट प्रहरीले एक जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाइ राखेको सूचनाका आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले घर तलासी गर्दा एक थान भरूवा बन्दुक फेला पारेको थियो।
प्रजापतिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।




