spot_img

कपिलवस्तुमा तनावपछि निषेधाज्ञा : प्रहरी गोलीबाट ४ घाइते, एकको अवस्था गम्भीर

spot_img
spot_img

काठमाडौं,०८ चैत । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–बरगदा क्षेत्रमा धार्मिक विषयलाई लिएर उत्पन्न विवाद उग्र बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान काली मन्दिरमा बजिरहेको भजनको साउण्ड सिस्टम तोडफोड भएपछि दुई समुदायबीच तनाव बढेको हो।

घटनापछि हिन्दू समुदायका युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये महाराजगञ्ज–६ का २३ वर्षीय अरुण यादवको अवस्था गम्भीर रहेको छ, उनलाई थप उपचारका लागि चितवन पठाइएको छ। अन्य घाइतेहरू महेन्द्र रैदास, प्रदीप पासी र भानु पासीको भैरहवामा उपचार भइरहेको छ।

प्रदर्शनका क्रममा ७० वर्षीय काशी रैदास पनि घाइते भएका छन्, उनको अवस्था भने सामान्य रहेको जनाइएको छ।

जिल्ला प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा अझै जारी राखिएको छ। प्रारम्भमा सीमित क्षेत्रमा लागू गरिएको निषेधाज्ञा विस्तार गर्दै थप स्थान समेटिएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले शान्ति कायम गर्न राजनीतिक प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा धार्मिक अगुवासँग निरन्तर संवाद गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय