spot_img

नेपालमा पेट्रोलियम खपत घटाउन जोर–बिजोर प्रणाली लागू हुने 

spot_img
spot_img

काठमाडौं,०८ चैत । पश्चिम एसियामा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत नियन्त्रण गर्न सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावनाको चर्चा बढेको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, डिजेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ५४ रुपैयाँले बढ्दा पनि निगमले १० रुपैयाँ मात्र मूल्य वृद्धि गरेको छ। पेट्रोलमा ३१ रुपैयाँ बढ्दा निगमले १५ रुपैयाँ मात्र बढाएको छ भने ग्यासमा २१६ रुपैयाँको मूल्य वृद्धिबाट पनि पुरानो मूल्य कायम गरिएको छ। यसले निगमलाई दैनिक ठूलो घाटा बेहोर्न बाध्य बनाएको छ।

यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार, अन्तर्राष्ट्रिय मूल्य वृद्धिका असरलाई न्यून पार्न खपत घटाउने उपायबारे छलफल भइरहेको छ। सो छलफलमा जोर–बिजोर प्रणाली लागू गर्ने विषयमा विचार भए पनि अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन।

प्रवक्ता ठाकुरले नेपालमा हाल पेट्रोलियम आपूर्ति सहज रहेको बताउँदै भविष्यमा मूल्य वृद्धिले आपूर्ति प्रभावित नहोस् भनेर खपत नियन्त्रणका तयारी भइरहेको जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय