spot_img

आसिफ शेखको शतकीय इनिङमा एपीएफको शानदार जित, बाग्मती ७१ रनले पराजित

spot_img
spot_img

काठमाडौं,०८ चैत । ओपनर आसिफ शेखको उत्कृष्ट शतकको सहयोगमा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बाग्मतीलाई ७१ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रनको बलियो योगफल तयार गरेको थियो। यसै संस्करणमा पहिलो शतक प्रहार गर्दै आसिफ शेखले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रनको उत्कृष्ट इनिङ खेले।

ओपनर दीपक बोहरा र कप्तान रोहित पौडेल सस्तोमा आउट भएपछि आसिफले सन्दीप जोरासँग मिलेर टोलीलाई सम्हाले। उनीहरूबीचको शतकीय साझेदारीमा एपीएफ २ विकेटमा १४६ रनमा पुगेको थियो। जोराले ५३ बलमा ५२ रन बनाएका थिए। लोकेश बम (२९) र युवराज खत्री (२६) ले पनि उपयोगी योगदान दिँदै टोलीलाई मजबुत स्कोरसम्म पुर्‍याए।

बलिङतर्फ बाग्मतीका रिजन ढकालले ४ विकेट लिए भने इशान पाण्डेले २ विकेट हात पारे। सन्दीप लामिछाने र सोनु देवकोटाले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा बाग्मती २०० रनमै अलआउट भइ ७१ रनको हार बेहोर्न बाध्य भयो। विवेक मगरले सर्वाधिक ३४ रन बनाए भने अंतिम विकेटका लागि सुवास खत्री र रिजन ढकालले ५३ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। एपीएफका अभिषेक गौतम र रोहित पौडेलले समान ३–३ विकेट लिए।

spot_img

ताजा अपडेट

लोकप्रिय