spot_img

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ भोलि

spot_img
spot_img

काठमाडौँ,०८ चैत ।  प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ भोलि (सोमबार) बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा लिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ दिलाउनेछन्। कानुन अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष शपथ लिने र त्यसपछि अरू सदस्यहरूलाई पनि शपथ दिलाउने जिम्मेवारी पाउँछन्।

यसैबीच, सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरेको छ। केसीले सभामुख निर्वाचित नहुँदासम्म सभाको प्रारम्भिक अध्यक्षता गर्दै प्रारम्भिक बैठक सञ्चालन गर्नेछन्।

कुल २७४ सांसदलाई केसीले शपथ खुवाउने व्यवस्था गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय