spot_img

बेमौसमी वर्षाले इँटा उद्योगमा ६ करोडभन्दा बढी क्षति

spot_img
spot_img

महोत्तरी,०९ चैत । बेमौसमी वर्षाका कारण महोत्तरीका इँटा उद्योगहरूमा ठूलो क्षति पुगेको छ। गत शुक्रबारदेखि आइतबारसम्म परेको वर्षाले जिल्लाभरका करिब तीन दर्जन उद्योगमा पकाउन तयार अवस्थामा रहेका काँचो इँटा नष्ट हुँदा ६ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।

सङ्घका अध्यक्ष सञ्जय चौधरीका अनुसार माघ, फागुन र चैत महिना इँटा उत्पादनका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ, जहाँ सामान्यतया वर्षा हुँदैन। यही समयमा उद्योगहरूले १५ देखि २२ लाख रुपैयाँसम्म लागत लगाएर ठूलो परिमाणमा इँटा तयार गरी सुकाइरहेका थिए। तर, आकस्मिक वर्षाले ती सबै इँटा बिग्रँदा उद्योगीहरू ठूलो आर्थिक संकटमा परेका छन्।

औरही नगरपालिका–२ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि बिक्री गर्ने तयारीमा राखिएका इँटा एकैपटक नष्ट हुँदा गम्भीर समस्या आएको बताए। यस्तै, औरही–७ का न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले कडा मेहनत र लगानीले तयार पारिएका इँटा वर्षाले बगाउँदा उद्योगीको श्रम र लगानी दुवै डुबेको बताए।

उद्योगीहरूका अनुसार जिल्लाका विभिन्न इँटा उद्योगमा न्यूनतम ८ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्मको क्षति पुगेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय