बीरगन्ज,१० चैत । पर्साको पोखरिया नगरपालिका–१ बनकटवा टोलमा बसोबास गर्ने क्यान्सर पिडित बिरामीलाई खाद्यान्न सामग्री र कम्बल प्रदान गरिएको छ।
मानवीय सेवाका लागि क्रियाशील उपकार सेवा नेपाल र लायन्स क्लबले संयुक्त रूपमा बिरामीको घरमै पुगेर सहयोग गरेको हो।
सहयोग वितरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगञ्ज ह्युमानिटीका अध्यक्ष अमर कान्त झा, सचिव ललन तिवारी लगायतको टोली उपस्थित थियो।
तिनीहरूले बिरामीको घरमा पुगेर दाल, चामल, आलु, खानेतेल, नुन, हर्लिक्स, बिस्कुट र कम्बल प्रदान गरेका छन्।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष शमानीका अनुसार आर्थिक रूपमा विपन्न परिवारलाई जीवनयापनमा कठिनाइ भएको र मानव सेवा भावले सहयोग गर्न आवश्यक देखिएको हो।




