महोत्तरी, ११ चैत । महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औराही नगरपालिका–२ चेपकट घर भई हाल भंगाहा नगरपालिका–९ हरिहरपुर बस्दै आएका ४२ वर्षीय वीरेन्द्र सदा रहेका छन्। उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती अनिता देवी सदाको हत्या गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको टोलीले बुधबार बिहान वीरेन्द्रलाई नियन्त्रणमा लिएको हो।
घटनाको कारण र विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।




