spot_img

‘सडकको सरकार’ बनेर जनताको पक्षमा उभिन्छौं : कुलमान घिसिङ

spot_img
spot_img

काठमाडौं,११ चैत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अब ‘सडकको सरकार’को रूपमा जनताको मुद्दा उठाउँदै सक्रिय हुने बताएका छन्।

बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चुनावमा अपेक्षित सफलता नपाए पनि जनताले दिएको समर्थनलाई सकारात्मक रूपमा लिएको बताए।

घिसिङले जनताले आफ्नो पार्टीलाई सडकबाट खबरदारी गर्ने म्यान्डेट दिएको उल्लेख गर्दै अब जनताका समस्या, राष्ट्रियता र समृद्धिका मुद्दा सडकबाटै उठाउने प्रतिबद्धता जनाए।

उनले सरकारका राम्रा कामको समर्थन र गलत कामको कडा विरोध गर्ने नीति अपनाउने स्पष्ट पार्दै देशलाई सही दिशामा लैजान पार्टी सधैं सक्रिय रहने बताए। अध्यक्ष घिसिङका अनुसार पार्टीले सातै प्रदेशमा भेला आयोजना गर्ने योजना बनाएको छ। बागमतीपछि चैत १४ गते मधेस प्रदेशमा कार्यक्रम तय गरिएको छ।

प्रदेशस्तरीय कार्यक्रमपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार अभियान सञ्चालन गरिने उनले जानकारी दिए। उनले चुनावका क्रममा जनताको घरदैलो र डिजिटल माध्यममा पर्याप्त पहुँच नपुगेको स्वीकार गर्दै आगामी दिनमा यसलाई सुधार गर्ने बताए।

घिसिङले एक वर्षभित्र पार्टीलाई सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको पनि बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय