spot_img

बालेन शाह शुक्रबार प्रधानमन्त्रीमा शपथ लिँदै, विशेष धार्मिक विधिसहित समारोह

spot_img
spot_img

काठमाडौं,११ चैत ।  बालेन्द्र शाहले आगामी शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

चैत १३ गते मध्याह्न १२:३४ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोहलाई विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रमअनुसार ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गरिने र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ।

शपथपछि बालेनले दिउँसो करिब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ। नयाँ नेतृत्वसँगै मुलुकले नयाँ राजनीतिक दिशा लिने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय