बीरगन्ज,११ चैत । ईश्वरचन्द्र गौतमलाई यस वर्षको “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखाका पूर्वअध्यक्षसमेत रहेका गौतमलाई पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरेको हो।
बुधबार आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सांसद हरि पन्तले उनलाई पुरस्कार प्रदान गरेका थिए।
महासंघका शाखा अध्यक्ष ओमप्रकाश खनालका अनुसार पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा गौतमले पुर्याएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा अशोक तिवारी, दिपेन्द्र चौहान, श्याम बन्जारालगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।




