spot_img

बीरगन्ज भन्सारले ७ महिनामा साढे १ खर्बभन्दा बढी राजस्व संकलन

spot_img
spot_img

बीरगन्ज,१२ चैत । बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामै उल्लेखनीय राजस्व संकलन गर्दै साढे १ खर्ब रुपैयाँ नाघेको छ। कार्यालयका अनुसार यस अवधिमा कुल १ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठेको छ।

यो वर्षका लागि १ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म करिब ८८ प्रतिशत लक्ष्य हासिल भइसकेको छ। गत वर्षको यही अवधिको तुलनामा यसपटक १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिइएको छ।

महिनागत विवरण हेर्दा साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड र कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको छ। त्यसैगरी मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड र फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ।

भन्सार कार्यालयले लक्ष्यअनुसारको प्रगति हासिल गर्दै गएको देखिए पनि वर्षको बाँकी अवधिमा लक्ष्य पूरा गर्न अझै थप सक्रियता आवश्यक पर्ने देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय