spot_img

जेन्जी आन्दोलनमा टीओबी ग्रुपमाथि फौजदारी कारबाही सिफारिस

spot_img
spot_img

काठमाडौँ, १२ चैत । भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा भएको हिंसा, दमन र लुटपाटबारे गठित जाँचबुझ आयोगले टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी संहिता अनुसार कारबाही गर्न सिफारिस गरेको छ।

आयोगको प्रतिवेदन अनुसार, भदौ २३ गते चाबहिलको ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजारतर्फ आएको टीओबी ग्रुपका व्यक्तिहरूले नयाँ बानेश्वरमा शान्तिप्रिय प्रदर्शनकारीहरूलाई उक्साएर हिंसा भड्काएको ठहर गरिएको छ। आयोगले फौजदारी संहिता दफा ३५ अनुसार उनीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यसैगरी, सोही दिन संसद् भवन परिसरमा भएको गोलीकाण्डमा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत र जवानहरूलाई पनि जवाफदेही बनाउनुपर्ने आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।

भदौ २४ गते पूर्व प्रधानमन्त्री देउवा लगायतका नेताहरूको घरमा भएको आगजनी र आक्रमण घटनालाई मात्र ‘जनआक्रोश’ भन्न नमिल्ने आयोगको निष्कर्ष छ। आयोगले देउवा निवासमा भेटिएको ठूलो रकमको स्रोत र वैधानिकतामा प्रश्न उठाउँदै यस घटनाको गहिरो अनुसन्धान आवश्यक भएको बताएको छ।

प्रतिवेदनले जेन्जी आन्दोलनको नाममा भएका तोडफोड, लुटपाट र आगजनीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको समेत संलग्नता रहेको तथ्य सार्वजनिक गरेको छ। आयोगले निष्कर्षमा पुग्न विभिन्न सीसीटीभी फुटेज, श्रव्य–दृश्य सामग्री, र नेपाल टेलिकम तथा एनसेलबाट प्राप्त बीटिएस डेटा आधार मानेको छ।

यस कदमले आन्दोलनका क्रममा भएको हिंसा र अराजकताका जिम्मेवारहरूलाई कानुनी रूपमा जवाफदेही बनाउने प्रक्रियालाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय