spot_img

महावीर पुनले चलाएको बीरगन्ज कृषि औजार कारखानाबाट १७ लाखका औजार बिक्री

spot_img
spot_img

बीरगन्ज,१२ चैत । पूर्वशिक्षा मन्त्री एवं सांसद महावीर पुनको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय आविष्कार केन्द्रको वीरगन्ज कृषि औजार कारखानाबाट हालसम्म १७ लाख रुपैयाँ बराबरका कृषि उपकरण बिक्री वितरण भएको छ।

केन्द्रका प्रमुख इन्जिनियर रितेश देवका अनुसार, मकै गोड्ने मेसिन ‘रिजर’ ३ सय थानभन्दा बढी बिक्री भइसकेको छ, जसको मूल्य प्रति यन्त्र १,५०० रुपैयाँ रहेको छ। त्यस्तै, झारपात सफा गर्ने उपकरण ‘रेक’ पनि ३ सय थानभन्दा बढी बिक्री भइसकेको छ, यसको मूल्य ७ सय रुपैयाँ तोकिएको छ।

मकै रोप्ने मेसिन ‘कर्न प्लान्टर’ २ वटा बिक्री भइसकेको छ, मूल्य १५ हजार रुपैयाँ, भने धान रोप्ने मेसिन ‘राइस प्लान्टर’ ७ वटा बिक्री भइसकेको छ, जसको मूल्य २६ हजार रुपैयाँ छ।

यस्तै, कारखानाले दुई दर्जनभन्दा बढी प्रकारका हाते उपकरणहरू — विडर, खन्ने, जोत्ने आदि — ६०–७० हजार रुपैयाँ बराबर बिक्री भइसकेको जानकारी इन्जिनियर देवले दिएका छन्।

त्यसैगरी, केन्द्रले अर्डरअनुसार माछा उत्पादन गर्ने फिस इन्क्युवेटर मेसिन र अक्सिजन एरिएसन मिक्सिङ टावर पनि उत्पादन गरी बिक्री गरिसकेको छ। हालै केन्द्रले व्याट्रीले चल्ने ‘कृषि ई-ट्रिलर’ को पनि आविष्कार गरेको छ।

केन्द्रका अधिकारीहरूले बताएअनुसार, यी उपकरणले स्थानीय किसानको उत्पादन क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्दैछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय