spot_img

मिथिलामा रामनवमी धुमधामका साथ मनाइँदै

spot_img
spot_img

महोत्तरी,१३ चैत । मिथिलाञ्चल क्षेत्रमा आज भगवान् श्रीरामको जन्मोत्सव, अर्थात् रामनवमी, विविध धार्मिक अनुष्ठानका साथ भव्य रूपमा मनाइँदै छ।

मिथिला क्षेत्रका मठ, मन्दिर तथा देवालयहरूमा बिहानैदेखि विशेष पूजा, पाठ र धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विशेषगरी रामानुज सम्प्रदायअन्तर्गतका मठ–मन्दिरहरूमा निरन्तर रामनाम सङ्कीर्तन, रामायण पाठ तथा रामलीला मञ्चन भइरहेको छ भने गाउँ–सहरमा रामभजन गुुञ्जिरहेका छन्।

लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवका अनुसार, “भगवान् श्रीराम केवल आराध्यदेव मात्र नभई मिथिलाका ज्वाइँका रूपमा पनि पूजित हुनुहुन्छ। त्यसैले रामनवमी यहाँको विशिष्ट र महत्वपूर्ण पर्व हो।” मिथिलाञ्चलका विभिन्न राम–जानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्डको पाठ भइरहेको छ भने श्रद्धालुहरू व्रत बसेर पूजा–आराधनामा सहभागी भइरहेका छन्।

महन्थ वैष्णवका अनुसार भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको श्रीरामको अवतार विशेष महत्वको मानिन्छ। मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न स्थलहरूको परिभ्रमणसँग जोडिएका धार्मिक कथाहरूले यस पर्वलाई अझ विशेष बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय