spot_img

प्रधानमन्त्री बालेनलाई मोदीको बधाई, द्विपक्षीय सहकार्य थप मजबुत बनाउने संकेत

spot_img
spot_img

काठमाडौं,१३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले शाहको नियुक्तिले नेपाली जनताको विश्वास झल्काएको उल्लेख गरेका छन्। उनले नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

सन्देशमा उनले भारत–नेपालबीचको ऐतिहासिक मित्रता, सहकार्य र पारस्परिक हितलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको जनाएका छन्। साथै, द्विपक्षीय सम्बन्धलाई नयाँ आयाममा लैजान प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन्।

नेपाल–भारत सम्बन्धलाई क्षेत्रीय स्थिरता र विकासका दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ। नयाँ सरकारसँगै यस सम्बन्धले थप गति लिने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय