spot_img

‘घुस मागे सिधै खबर गर्नु’ : गृहमन्त्री सुधन गुरुङ

spot_img
spot_img

काठमाडौं,१३ चैत । सुधन गुरुङले गृहमन्त्रीको रूपमा पदभार ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएका छन्। उनले कुनै पनि सरकारी कामका क्रममा कसैले घुस मागे सिधै जानकारी गराउन नागरिकसँग आग्रह गरेका छन्।

गृहमन्त्रालयमा पदभार सम्हाल्दै गुरुङले अब सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा ‘एकद्वार प्रणाली’ लागू गरिने बताउँदै एउटै स्थानमा निवेदन दिएपछि अन्यत्र धाउन नपर्ने व्यवस्था गरिने जानकारी दिए।

गुरुङले जेन–जी जनादेशअनुसार देश अघि बढ्ने उल्लेख गर्दै गलत कार्य गर्ने कसैलाई पनि छुट नदिइने स्पष्ट पारे। साथै, उनले प्रहरी प्रशासनलाई कानुनअनुसार निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन्।

मिडियालाई पनि जिम्मेवार बन्न आग्रह गर्दै उनले टीआरपीको नाममा चरित्र हत्या नगर्न सचेत गराए। नागरिकका गुनासाहरू सिधै मन्त्रालयसम्म पुग्ने प्रणाली विकास गरिने र आगामी पाँच वर्ष सुशासनका लागि समर्पित भएर काम गर्ने उनको प्रतिबद्धता रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय