spot_img

कानुन सुधार तीव्र बनाउने प्रतिबद्धता : मन्त्री सोविता गौतम

spot_img
spot_img

काठमाडौं,१३ चैत । सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा पदभार ग्रहण गरेकी छन्।

शपथ ग्रहणपछि मन्त्रालयमा पदबहाली गर्दै उनले सुधार आवश्यक भएका कानुनहरूलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले कानुन निर्माण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताइन्। ‘सुधार गर्नुपर्ने कानुनहरूलाई तीव्र रूपमा अगाडि लैजान्छौं, मन्त्रालय यसमा सक्रिय भएर काम गर्छ,’ उनले भनिन्।

उनले आवश्यक विषयहरूमा विस्तृत छलफल गरेर स्पष्ट खाका तयार गरेपछि मात्रै सुधारका कामहरू अघि बढाइने जानकारी दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय