spot_img

प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा खुसीयाली, स्थानीयले बाँडे लड्डु

spot_img
spot_img

महोत्तरी,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँ, महोत्तरीको एकडारा गाउँपालिकामा खुसीयाली मनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाह प्रधानमन्त्री नियुक्त भएपछि स्थानीयले विशेष उत्सव मनाएका हुन्।

शाहको अवसरमा स्थानीयहरूले मिठाई बाँडेका साथै पटाका फोडेर दीपावली शैलीमा उत्सव मनाएका छन्। आफ्नै गाउँ र मधेसी मूलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै देखिएको छ। शाहको परिवारसँग लामो समयदेखि सम्बन्ध राख्दै आएका स्थानीयहरूले उनको सरल, इमान्दार र सहयोगी स्वभावको प्रशंसा गरेका छन्।

एक स्थानीयले भने, “मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको बेला, बालेनले काठमाडौँ महानगरमा देखाएको विकास र सुशासनको मोडेलले हामीलाई आशा दिएको छ। आज उहाँ प्रधानमन्त्री बनेको अवसरमा हामी यही खुसीयालीमा दीपावली मनाइरहेका छौँ।”

spot_img

ताजा अपडेट

लोकप्रिय