spot_img

ओली–लेखक पक्राउपछि मधेस प्रहरी हाई अलर्टमा

spot_img
spot_img

जनकपुर,१४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसँगै उत्पन्न राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेस प्रदेश प्रहरी कार्यालयले शनिबार बिहानदेखि नै ‘हाई अलर्ट’मा बस्न सर्कुलर जारी गरेको जनाएको छ। प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाका अनुसार बदलिँदो राजनीतिक अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो।

उनका अनुसार अहिले ८ वटै जिल्लामा रहेका प्रहरी युनिटहरूलाई सक्रिय बनाउँदै राजनीतिक गतिविधिहरूको सूक्ष्म निगरानी सुरु गरिएको छ। जिल्ला प्रहरी प्रमुखहरूबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालनसमेत भइरहेको छ।

“सबै गतिविधि नजिकबाट नियाल्ने काम भइरहेको छ, आवश्यक परे थप सुरक्षा व्यवस्था कडा बनाइनेछ,” उनले बताए।

साथै, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीहरूको बिदा पनि स्थगित गरिएको छ।

‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा भएको पक्राउपछि देशभर आन्दोलन र प्रदर्शनको सम्भावना देखिएकाले मधेसमा पनि सुरक्षा चुनौती बढ्न सक्ने आकलन गरिएको छ।

मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा प्रहरीलाई उच्च सतर्कतामा राख्दै अवस्था नियन्त्रणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय