काठमाडौं,१४ चैत । नेकपा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि कार्यकर्ताले दुर्व्यवहार र हातपात गरेका छन्।
सचिवालय बैठक कभरेजका क्रममा अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौला तथा कान्तिपुरका दया दुदराजमाथि फोटो खिच्न खोजेको भन्दै कार्यकर्ताले गालीगलौज गर्दै हातपात गरेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार “देश जल्दा तिमीहरूको क्यामेरा कहाँ थियो?” भन्दै केही कार्यकर्ताले पत्रकारहरूलाई धकेल्नुका साथै लखेट्ने प्रयाससमेत गरेका थिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको थियो। सोही बैठकको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीहरू यस घटनाबाट प्रभावित भएका हुन्।
घटनाले पत्रकार सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ भने सञ्चारकर्मीमाथिको यस्तो व्यवहारप्रति चौतर्फी आलोचना हुने सम्भावना देखिएको छ।




