spot_img

देउवा निवास भत्काउन प्रशासनको रोक

spot_img
spot_img

काठमाडौं,१५ चैत । शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउने कार्यमा स्थानीय प्रशासनले रोक लगाएको छ।

जेन–जी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा काम स्थगित गरिएको हो। प्रहरीले घटनास्थलमा पुगेर भत्काउने कार्य रोकेको र त्यहाँ कार्यरत कामदारलाई हटाएको जनाएको छ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा जलेको उक्त घरबाट डलर तथा नेपाली मुद्रा भेटिएको थियो। उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरी नियन्त्रणमा लिएको थियो।

उक्त घटनासँगै शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको उच्च सरकारी स्रोतहरूले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय