spot_img

रौतहटको चन्द्रपुर नगरपालिकामा आज शोक बिदा

spot_img
spot_img

रौतहट,१५ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले वडा नं. ७ का वडा सदस्य ईद महम्मदको निधनप्रति शोक व्यक्त गर्दै आइतबार एक दिन शोक बिदा घोषणा गरेको छ। नगरपालिकाद्वारा जारी सूचनाअनुसार आज मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्। यद्यपि, अत्यावश्यक स्वास्थ्य सेवाहरू भने सञ्चालनमै रहने जनाइएको छ।

नगर प्रमुख संजयकुमार काफ्लेले शोक वक्तव्य जारी गर्दै स्वर्गीय महम्मदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवंगतप्रति सम्मानस्वरूप एक दिनका लागि सेवा बन्द गरिएको स्पष्ट पारेका छन्। वडा सदस्य महम्मदको निधन गत बिहीबार भएको थियो। नगरपालिकाले उनको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ र बिदाका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय