spot_img

चार पटक स्थगितपछि लामिछानेको मुद्दा आज पेशीमा

spot_img
spot_img

काठमाडौं,१६ चैत । रवि लामिछानेविरुद्ध दायर राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ। उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ। यसअघि चार पटकसम्म ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो मुद्दा आजको पेशीमा १२औं नम्बरमा राखिएको छ।

लामिछानेमाथि नेपाली र अमेरिकी गरी दोहोरो राहदानी प्रयोग गरेको आरोप लगाउँदै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको दाबी गरिएको छ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय गरेका थिए। सो निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै मुद्दा सर्वोच्च पुगेको हो।

यसअघि सर्वोच्चले तीन पटक फाइल झिकाउने आदेश दिएको थियो। २०७९ चैत २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यालयसँग मुद्दा नचलाउने आधार स्पष्ट पार्न भनेको थियो। सोही प्रक्रिया पूरा भएपछि अब मुद्दामा विस्तृत सुनुवाइ अघि बढ्न लागेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय