spot_img

माइतीघरबाट सुरु भयो एमालेको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१६ चैत । नेकपा एमालेले सरकारविरुद्धको आन्दोलनलाई निरन्तरता दिँदै आज काठमाडौंको माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नेता तथा कार्यकर्ताहरू माइतीघरमा भेला भई बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन्। एमालेले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाउँदै आएको छ।

यसअघि पार्टीका सचिव महेश बस्नेतले प्रदर्शनमा व्यापक सहभागिताका लागि कार्यकर्ताहरूलाई आह्वान गरेका थिए। उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोपसमेत दोहोर्‍याएका छन्।

ओलीलाई भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको घटनामा प्रधानमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष पक्राउ परेदेखि नै एमालेले निरन्तर रूपमा विरोध प्रदर्शन गर्दै आएको छ, जसले राजधानीको राजनीतिक माहोल थप तातेको देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय