spot_img

ओलीलाई थुनामा राख्नुको आधार पेस गर्न सर्वोच्चको आदेश

spot_img
spot_img

काठमाडौँ,१६ चैत । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमा राख्नुको कानुनी आधार र कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीको पक्राउ र थुनासम्बन्धी विषयमा गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित सरकारी निकायहरूलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भनिएको दमन र मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा तत्कालीन सरकार प्रमुखका रूपमा ओलीमाथि अनुसन्धान अघि बढेपछि उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ।

ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको र राजनीतिक प्रतिशोध भएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारलाई पक्राउ र थुनाको कानुनी आधार स्पष्ट गर्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिसकेको अवस्थामा सर्वोच्चको आदेशपछि यो मुद्दा थप कानुनी बहसमा प्रवेश गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय