काठमाडौँ,१७ चैत । स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव देखिएपछि सरकारले ६३ जना उपसचिव तथा सो सरहका कर्मचारी खटाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सोमबार निर्णय गर्दै ती कर्मचारीहरूलाई विभिन्न स्थानीय तह र जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ।
मन्त्रालयका अनुसार केही कर्मचारीहरूको औपचारिक सरुवा गरिएको छ भने अधिकांशलाई आवश्यकताअनुसार स्थानीय तहमा कामकाजका लागि खटाइएको हो।
यस कदमले लामो समयदेखि प्रशासनिक नेतृत्वविहीन रहेका स्थानीय तहमा सेवा प्रवाह सुधार हुने अपेक्षा गरिएको छ।




