spot_img

आज र भोलि देशभर वर्षा, हावाहुरी र चट्याङको सम्भावना

spot_img
spot_img

काठमाडौं,१७ चैत । देशका विभिन्न भागमा आज र भोलि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्र नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेकाले मौसम बदली भएको हो।

मौसमविद् रोजन लामिछाने ले आज विशेषगरी कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणदेखि मध्यम बदली रहने जानकारी दिएका छन्। ती क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यसैगरी बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले चट्याङ, हावाहुरी, असिना तथा वर्षाबाट हुन सक्ने क्षतिबाट बच्न सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय